भदौ १२, डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालिका-२ आइतबजारको ठूला खोलामा जीप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
बगरकोटबाट सदरमुकामतर्फ आउँदै गरेको ना१ज ३११९ नम्बरको जीप मंगलबार अपरान्ह साढे १२ बजे दुर्घटना भएको हो ।
घाइते हुनेमा भागेश्वर गाउँपालिका-४ की शारदा मडै, सोही ठाउँका टेक मडै, सरस्वती गौली विष्ट, भागेश्वर-५ का रामदत्त जोशी, अजयमेरु गाउँपालिका-५ का बहादुर खड्का, सोही ठाउँका हिरा खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरीले जानकारी दिएका छन ।
घाइते सबैको डडेल्धुरास्थित उप-क्षेत्रीय अस्पतालमा भइरहेको जनाइएको छ । जीपमा चालकसहित १५ जना रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्