भदौ १३, सल्यान । घरको दलिन भाँचिदा एउटै परिवारका ५ जनाको ज्यान गएको छ एक जना घाइते भएका छन् ।
सल्यान जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ४ सेतोगराँस स्थित आफ्नै घरमा मंगलबार राति ९ बजे तिर घरको दलिन भाँचिनुका साथै घरको भित्ता भत्किँदा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुवा आमासहित २ छोरी र १ छोराको ज्यान गएको छ । ज्यान जानेमा ४० वर्षीय बुवा रामसिंह कामी, ३५ वर्षीय आमा रामकला कामी, दुई छोरी ७ वर्षीय गंगा विक, ६ वर्षीय प्रमिला विक र ४ वर्षका छोरा रुपलाल विक रहेका छन् ।
अन्दाजी ११ वर्षीया छोरी सुनिता विक घाईते भएकी छिन् । घटनाको विषयमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्