भदौ १३, काठमाडौं । युवा गतिशिलता ताथ नेतृत्वमा जोड दिदै International Transport workers’ Federation र Friedrich Ebert Stiftung को चार दिने कार्यक्रम शुरु भएको छ ।
मंगलवारदेखि शुरु भएको उक्त कार्यक्रम ITWF को आयोजना तथा FES को प्रायोजनमा शुरु भएको हो । कार्यक्रममा नेपाल लगायत इण्डोनेसिया, फिलिपिन्स, भारतका युवाहरुको सहभागिता रहेको छ । उक्त संस्थाहरुले युवाहरूले आन्तरिक कार्यशालालाई कसरी आईटीएफ युवा युएस एशिया प्यासिफिक क्षेत्रीय सञ्जाल स्थापित गर्ने र एक-अर्कालाई सहयोग पुर्याउने काम गर्दछ ।
अहिलेका युवाहरु डिजिटल अभियान उपकरणहरू अन्वेषण गर्ने, कसरी संघीय आयोजनमा अझ बढी संलग्न हुन र युवा सदस्यहरूको गतिशीलता कसरी तीव्र बनाउन सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । त्यस्तै वास्तविक तथ्याङ्कहरूको अवसरको बारेमा छलफल गर्ने र सहभागिताहरू प्रदान गर्न आवश्यक कौशलको साथ युवाहरुको युनिभर्सन कार्यक्रममा राम्रो-सक्रिय गतिविधिहरू एकीकृत गर्न उद्देश्य रोखेको छ ।
ITWF एउटा विश्व यातायात सम्वन्धीको छाता संगठन हो भने FES एउटा जर्मन संस्था, जुन विसुद्ध राजनैतिक संस्था हो । FES ले विश्वमा भएका युवा सम्बन्धी राजनैतिक रुपमा अधिकार र आवश्यकताका वारेमा वुलन्द आवज उजागर गर्ने गर्दछ । जसको फलस्वरुप विश्वमा अघिकाशं देशहरुका राज्य संयन्त्रमा युवाको नेतृत्व रहेको छ भने नेपालमा पनि पछिल्लो समय नेतृत्व तहमा युवाको भुमिका उल्लेख्य सहभागिता भएता पनि पूर्ण रुपमा भने हुन सकेको छैन ।
युवा मुखी कार्य र उद्देश्यका साथ राष्ट्र निर्माण अभियानका साथ अघि वढेको संस्था हो FES । युवा शसक्तिकरणलाई पहिलो प्राथमिकता दिई राष्ट्र निर्माणमा नागरिकको भुमिकामा विशेष कार्यक्रमहरु सञ्चालन गर्ने गर्दछ । जसले नेपालमा हालसम्म ७० वटा भन्दा वढी जिल्लाहरुमा आफ्नो कार्यक्रमहरु सञ्चालन गरिसकेको छ भने उक्त कार्यक्रमहरुकै कारण नेपालको शैक्षिक पाठ्यक्रममा समेत उक्त कुराहरु समेटिएको छ ।










प्रतिक्रिया दिनुहोस्