भदौ १४, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साना व्इवसायि रोएर हिड्नु परेको तर ठूला व्यवसायिले एकाधिकार चलाएकोले त्यसलाई तोड्नुको कुनै विकल्प नभएको बताएका छन् ।
निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो तोड्नुपर्ने बताएका छन् । कार्यक्रममा वोल्दै अध्यक्ष प्रचण्डले भने “एउटै ठूलो ठेकेदारलाई ठेक्का दिने, भए भरको नाफा कमाउने पनि उही, काम गरे पनि हुने नगरे पनि हुने प्रवृक्ति रहेको छ, यसको अन्त्य गर्नुपर्छ ।”
अध्यक्ष प्रचण्डले कुनै पनि काम छिटो र छरितो ढंगले सम्पन्न गर्नको लागि साना व्यवसायिलाई पनि निर्माण कार्यको ठेक्का दिनुपर्ने बताएका छन् । उनले निर्माण कार्यलाई निजी क्षेत्रसँग सहकार्यमा अघि वढुनुपर्ने धारणा प्रस्तुत गरेका छन् । त्यस्तै उनले भने “निजी क्षेत्रले राज्य र कर्मचारीलाई कामचोर र घुस्याहा भन्ने, कर्मचारी र राज्यले निर्माण व्यवसायीलाई ठग भन्ने प्रवृत्ति छ ।”










प्रतिक्रिया दिनुहोस्