मनोरञ्जन

‘बाँध मायाले’ फिल्मको प्रिमियर अमेरिकामा संपन्न



भदौ १४, काठमाडौं ।  सविर श्रेष्ठ निर्देशित फिल्म ‘बाँध मायाले’ को प्रिमियर अमेरिकामा संपन्न भएको छ ।

आउँदो असोज ५ गतेबाट नेपालमा प्रदर्शन हुन फिल्म अमेरिकाको क्यालिफोर्निया राज्यको सान्फ्रान्सिस्को शहरमा  प्रिमियर गरिएको हो ।

उक्त प्रिमियर सोमा अभिनेता आर्यन अधिकारीको साथमा फिल्म निर्देशक, निर्माता तथा अभिनेता आकाश अधिकारीको उपस्थिती थियो । फिल्म हेर्ने दर्शकले आर्यन अधिकारी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठको प्रेम कथालाई रूचाएको पाईयो ।

फिल्ममा आर्यन अधिकारी, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिंग लगायतको कलाकारहरुको अभिनय रहेको  छ ।