समाचार

इटालीमा नेपाली युवकद्वारा झुण्डिएर आत्महत्या



 भदौ १४, एजेन्सी । तानग्राम–२ बागलुङ स्थायी घर भएका ३४ वर्षीय नविन थापाले  इटालीमा झुण्डिएर आत्महत्या गरेका छन् ।

 बिहानीपख पार्कमा झुण्डिइरहेको अवस्थामा थापाको शव फेला परेको स्वीट्जरल्याण्डस्थित नेपाली दूताबासले जनाएको छ ।

झण्डै १० बर्षदेखि इटालीमा बैधानिक रुपमा बस्दै आएका थापा अविवाहित थिए । इटालीस्थित नेपालीहरुका अनुसार गत बर्ष डिसेम्बरमा डेप्रेसनका कारण केही दिन उनी अस्पतालसमेत भर्ना भएका थिए । त्यसपछि नेपाल फर्केका उनी केही समयको बसाइपछि पुनः इटाली फर्किएका थिए ।

थापाको पोष्टमार्टमको रिपोर्ट प्राप्त भइनसकेको दूतावासले जनाएको छ ।