(भदौ १५, काठमाडौँ) । नेपाली र अष्ट्रेलियन दुई निर्देशकले निर्देशन गर्ने फिल्म ‘तिमी र म’ मा कबिर र सूर्या जोडी देखिने भएको छ ।
२०१९ को जनवरीबाट अष्ट्रेलियामा छायांकन सुरु हुने फिल्म लभस्टोरी जनराको रहेको छ । नेपालका निर्देशक सरोज पोखरेल र अष्ट्रेलियन निर्देशक मेट विल्लिम्सले संयूक्त रुपमा फिल्मको निर्देशन गर्ने जिम्मेवारी पाएका छन् ।
सुनौलो सपना बोकेर अष्ट्रेलिया पुगेका युवाहरुको कथा फिल्ममा देखाइने भएको छ । एनएसएम क्रियशनको ब्यानरमा निर्माण हुन लागेको फिल्म कमला पोखरेल, चन्द्र बहादुर खड्का र भुषन पोखरेलको निर्माण रहने भएको छ ।
प्रतिक्रिया दिनुहोस्