समाचार

काठमाडौंको बानेश्वरबाट १५ बर्षीया किशोरी बेपत्ता



भदौ १५, काठमाडौं ।  काठमाडौँ बानेश्वर मार्गमार्गबाट १५ बर्षीया  निक्की पराजुली नाम गरेकी एक किशोरी हराएकी छन् ।

भ्याली भ्यू बोर्डिङ स्कूलमा कक्षा १० मा अध्ययनरत उनि गत साउन २८ गते सोमबार साँझ साढे सात बजेतिर घरबाट बाहिर निस्किएकी  पराजुली आज सम्म पनि भेटिएको छैन ।

हल्का गहुँगोरो वर्णकी, चश्मा लगाउने निक्की हाफ पाइन्ट र टिसर्ट लगाएर घरबाट कसैलाई केहि नभनी निस्किएकी हुन् ।

उनलाई देख्नुहुनेले नजिकको प्रहरी चौकी अथवा ९८१३८४७७११ / ९८०२०७५५९८ नम्बरमा सम्पर्क गरिदिन निक्कीका बुबा निलकण्ठ पराजुलीले आग्रह गरेका छन् ।