राजनीति

बिम्स्टेक अध्यक्षता श्रीलङ्काका राष्ट्रपति सिरिसेनालाई हस्तान्तरण



भदौ १५, काठमाडौँ । बहुक्षेत्रीय प्राविधिकथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक अध्यक्षता श्रीलङ्कामा हस्तान्तरण भएको छ ।

राजधानीमा भएको चौथो शिखर सम्मेलन समापन समारोहमा केही बेरअघि बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिम्स्टेकको अध्यक्षता श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई हस्तान्तरण गरेका हुन्।