समाचार

चिकित्सक संघद्वारा आन्दोलनको घोषणा : अपरेसन समेत रोक्ने चेतावनी (विज्ञप्तीसहित)



भदौ १५, काठमाडौं । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै नेपाल चिकित्सक संघले आकस्मिक वाहेक अपरेसन समेत रोक्ने चेतावनी दिदै आन्दोलनको घोषणा गरेको छ ।

सरकारले ऐन संशोधनको प्रक्रिया अघि नबढाएको र चिकित्सक तथा स्वास्थकर्मीमाथि आक्रमणका घटना बढेको भन्दै संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ ।