कञ्चनपुरको बेलडाँडी गाँउपालिका–१ का अन्दाजी १६ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । यो खबर आजो नेपाल समाचारपत्रमा छापिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका मानबहादुर विष्ट रहेका छन् ।
पक्राउ परेका विष्टलाई हिरासतमा राखी अनुसन्धानको कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक कुवेर कडायतले बताए । गत बिहीबार राति २ बजे किशोरीको घरमा पूजापाठ भइरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले उनलाई सडकमा बोलाई लगेका थिए ।










प्रतिक्रिया दिनुहोस्