समाचार

प्रदेश र संघिय सरकारविचको द्वन्द : चार सरकारी कार्यालयमा तालाबन्दी



भदौ १८, सिरहा । संघिय सरकारको मातहतमा संचालनमा रहेका सरकारी कार्यालयले प्रदेश सरकारकाले कृष्ण जन्माष्टमीको अवसरमा दिएको बिदा अवज्ञा गरेको भन्दै सङ्घीय समाजवादी फोरम निकट विद्यार्थी सङ्गठनले आज सिरहाको लहानस्थित चारवटा सरकारी कार्यालयमा तालाबन्दी गरेको छ ।

प्रदेश नं २ को सरकारले दिएको बिदामा पनि कार्यालय सञ्चालन गरेको भन्दै सङ्घीय विद्यार्थी फोरमका प्रदेश २ का संयोजक दीपेश यादवको नेतृत्वमा गएको टोलीले लहानस्थित नेपाल बैंक लिमिटेड, आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालय र विद्युत् प्राधिकरण कार्यालयमा ताला लगाएको हो ।