समाचार

पहिरोमा परि एकै घरका तीन बालबालिकाको मृत्यु



भदौ १८, सल्यान । सल्यानमा जिल्लाको बागचौर नगरपालिका–१२ बाफुखोलामा पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

आइतबार साँझ करिब साढे पाँच बजेतिर पहिरोले घरको भित्ता भत्काएर बालबालिकालाई पुरे पनि सोमबार बिहान करिब साढे ७ बजेतिरमात्रै शव फेला पारिएको थियो । पहिरोमा परि बालाराम डाँगीका दुई छोरी र एक छोराको पहिरो पुरिएर मृत्यु भएको हो । मृत्यु हुनेहरुमा १० वर्षीया ललिता डाँगी, सात वर्षीय ललित डाँगी र चार वर्षीया मेनका डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएलगत्तै सिमखोली प्रहरी इकाइको टोली घटनास्थल पुगेको थियो । तर, रातभर पानी परेको र पहिरो पनि खस्ने क्रम जारी रहेकाले सोमबार बिहान मात्र शव बाहिर निकाल्न सकिएको प्रहरीले जनाएको छ ।