भदौ १८, एजेन्सी । सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको युद्धको चपेटामा परेसँगै लिबियाको राजधानी त्रिपोलीमा संकटकाल घोषणा गरिएको छ ।
विद्रोहीसँगको युद्धका कारण संयुक्त राष्ट्र समर्थित सरकारले संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ । यसैबीच आइतबार राजधानी त्रिपोलीको एक शहरी क्षेत्रमा भएको रकेट हमलामा दुई जनाको मृत्यु भएको छ । अन्य धेरै व्यक्ति घाइते भएका छन् भने हजारौं व्यक्तिहरु बिस्थापित भएका छन् ।
त्यस्तै त्रिपोलीमा जारी हिंसाका कारण कम्तिमा ३९ जनाको मृत्यु भइसकेको छ । मारिनेमा सर्वसाधारण नागरिक पनि छन् भने लिवियाकोे देशका अधिकांश हिस्सामा विद्रोहीको नियन्त्रण छ ।
सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको लडाइँको क्रममा जेलबाट करिब ४ सय कैदी फरार भएका छन् । प्रहरीका अनुसार कैदीहरु आइन जारा भन्ने स्थानको जेल फोडेर फरार भएका हुन् । जेलका सुरक्षाकर्मीहरु आफ्नो ज्यान जोगाउन भागेका थिए । आइन जारा जेलमा राखिएका धेरैजसो कैदी लिबियाका पूर्व नेता मोअमर गद्दाफीका समर्थक थिए ।
प्रतिक्रिया दिनुहोस्