Banner News

चिकित्सकको आन्दोलनमा कांग्रेसको समर्थन : सभापति देउवा



भदौ १८, चितवन । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उपचार सेवा नै ठप्प पार्दै आएका चिकित्सकहरुको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताउँदै डाक्टरहरुको जायज माग तुरुन्त पुरा गर्नुपर्ने बताएका छन् ।

चितवनको भरतपुरमा नेपाल प्रेस युनियनले सोमबार विहान गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सरकारका पछिल्ला कामकारबाही सहि ढंगले अघि नबढेको बताएका छन् । आफु प्रधानमन्त्री भएको समयमा ल्याएको विधेयक भने चिकित्सकहरुसँग छलफल र परामर्श गरेर नै ल्याएको बताए ।

सार्क र विमस्टेक फरक(फरक संगठन भएकाले एकलाई अर्कोसँग जोड्न नहुने उनको तर्क गर्दै सभापति देउवाले विमस्टेक भने सफलतापूर्वक सम्पन्न भएको बताए । उनले विम्स्टेकका क्रमममा भएका जति पनि सहमतिहरु छन् ति सवै सहमति सवै राजनैतिक दलहरु विच भएको सहमतिको आधारमा नै भएको बताए ।

सभापति देउवाले देशमा पछिल्लो समयमा बढेका बलात्कारका घटनाप्रति चिन्ता व्यक्त गर्दै सभापति देउवाले दोषीको पहिचान गरी कारबाही गराउन सरकार असफल भएको बताए ।