विश्व

लिबियामा द्वन्द्व : जेलबाट ४०० जना बन्दी फरार



भदौ १९, एजेन्सी । लिबियाको राजधानी त्रिपोलीमा रहेको ऐन जारामा सरकारी सुरक्षाकर्मीहरु र लडाकूहरुबीच भिडन्त हुँदा कारागारबाट चार सय जना बन्दीहरु फरार भएका छन् ।

आइतबार सुरु भएको झडप सोमबार बिहानसम्म चलेको बताएका छन् । भिडन्त भएपछि आइतबार उनीहरु भागेको अधिकारीहरुले जनाएका छन् । बन्दीहरुले जेलको ढोका र सुरक्षा गार्डहरूलाई हटाएर भागेका हुन् । उनीहरूको खोजी कार्य सुरु गरिसकिएको सरकारी अधिकारीहरूले जनाएका छन् । जेलका सुरक्षाकर्मीले आफ्नो ज्यान बचाउनका लागि भागेको बताइएको छ ।

पछिल्ला केही दिनमा त्रिपोलीमा जारी हिंसामा परी मृत्यु हुनेको संख्या ४१ पुगेको छ भने १२३ जना घाइते भएका छन् । ती मध्ये धेरै सर्वसाधारण नागरिक रहेको समाचारमा जनाइएको छ ।