भदौ १९, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तर प्रथम वर्षको समेस्टर प्रणालीको शिक्षाशास्त्र अन्तर्गत उच्चस्तरीय शैक्षिक ‘मनोविज्ञान– ३१५’ विषयको परीक्षा स्थगित भएको छ ।
परीक्षा अगाडि नै प्रश्नपत्र आउट भएकोले परीक्षा स्थगित गरिएको छ । यो विषयको परीक्षा कहिले हुने भन्नेबारे पछि नै सूचना निकालिने त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डिन कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्