विश्व

अफगानिस्तानमा आन्तरिक आक्रमणमा अमेरिकी सैनिकको मृत्यु



भदौ १९, एजेन्सी । काबुल पूर्वी अफगानिस्तानमा अमेरिकाको नेटो संयुक्त बलका एक अमेरिकी सेनाको आन्तरिक आक्रमणमा परी मृत्यु भएको  छ ।

‘अफगानिस्तान मिसन’ मा स्वयमसेवीको रुपमा कार्यरत आफ्ना सदस्यले ज्यान गुमाएको रेसोलुट सपोर्ट (आएएस) का कमाण्डर जनरल स्कट मिलरले संयुक्त गठबन्धनका तर्फबाट जारी गरिएको  विज्ञप्तिमा उल्लेख छ ।

सन् २०१४ को डिसेम्बरको अन्त्यबाट नै अफगानिस्तानमा रहेका नेटो सेनाले प्रत्यक्ष युद्धबाट आफूहरु अलग रहने घोषणा गरेका थिए ।