भदौ १९, काठमाडौं । काठमाडौं महागनरीय प्रहरीले २ किलो नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङ भएका अभिषेक तामाङ, नुवाकोटका राम तामाङ, धादिङका राज तामाङ, नुवाकोट घर भइ सोह्रखुट्टे बस्दै आएका जितेन तामाङ, नेपालटार बस्दै आएका विरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ रहेका छन् ।
उनीहरुले सुनलाई सक्कली भनेर विक्री वितरण गरेको सूचना पाएपछि प्रहरीले नागढुंगामा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।










प्रतिक्रिया दिनुहोस्