विश्व

पाकिस्तानको राष्ट्रपतिमा आरिफ अल्भी निर्वाचित



भदौ २०, एजेन्सी । पाकिस्तानका  तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार भएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए ।

निर्वाचन आयोगका अनुसार, अल्भीले संसदको माथिल्लो र तल्लो सदनबाट २१२ मत प्राप्त गरेक छन  । निर्वाचनमा भाग लिएका पाकिस्तान पिपुल्स पार्टीका ऐजाज अहसनले ८१ तथा पूर्व प्रधानमन्त्री नवाज शरिफको पाकिस्तान मुस्लिम लीग समर्थित मौलाना फज्लुर रहमानले १३१ मत प्राप्त गरेका थिए ।

अल्भीले चारवटा प्रान्तीय सभाबाट पनि सबैभन्दा बढी मत पाएका थिए । वर्तमान राष्ट्रपति मामून हुस्सैनको कार्यकाल सेप्टेम्बर ९ मा समाप्त भएसँगै नवनिर्वाचित राष्ट्रपति अल्भीले सपथ लिने बताए ।