भदौ २१ , मलेसिया । कामदारको समस्यालाई मध्यनजर गर्दै मलेसिया सरकारले न्यूनतम तलब बृद्धि गर्ने घोषणा गरेसँगै नेपाली कामदार पनि लाभान्वित हुने भएका छन् ।
आगामी जनवरी १ देखि लागू हुने गरी मासिक तलव १ हजार ५० पुर्याउने भएको हो । यसअघि कामदारको न्यूनतम तलब ठाउँअनुसार मासिक ९२० देखि १००० आरएमसम्म थियो ।
प्रधानमन्त्री कार्यालयले देशको आर्थिक अवस्थाका आधारमा न्यूनतम तलब बृद्धि गरिएको हो । तलब बृद्धिले उद्योगलाई प्रभावित नगरोस् भन्नेमा सजग हुनुपर्ने वताएको छ । त्यस्तै सरकारले न्यूनतम तलब बढाएकै कारण सेवा र बस्तुको मूल्य नबढाउन पनि आग्रह गरेको छ ।
मलेसियामा ५ लाखभन्दा बढि नेपाली कामदारहरु कार्यरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्