भदौ २१, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जिल्ला तहबाट अनुगमन गर्ने गरी व्यक्तिका घर पुनर्निर्माणका धेरैजसो प्रकृया अगाडि बढाउने जिम्मा स्थानीय तहलाई दिने निर्णय गरेको छ ।
प्राधिकरण निर्देशक समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले स्थानीय तहबाटै पुनर्निर्माणका काम अगाडि बढाउने र जिल्ला तहबाट अनुगमन गर्ने निर्णय गरेको हो । अब व्यक्तिका घर पुनर्निर्माणको सिफारिस, प्रमाणिकरण, निरीक्षण लगायतका काम स्थानीय तहले नै गर्ने भएका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्थानीय तहले तोकेको स्थान र मापदण्डका आधारमा ३ लाख रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय भएको बताएका छन् । त्यस्तै पूरातत्व बाहेकका पुनर्निर्माणका काम गर्ने सबै कार्यालयलाई प्राधिकरण मातहत ल्याउने निर्णय भएको छ ।










प्रतिक्रिया दिनुहोस्