भदौ २२, काठमाडौं । महोत्तरीको सम्सी गाउँपालिका- ५ पोखरभिन्डामा कर्मचारीमाथि कुटपिट गरेको भन्दै विधुत सेवा अवरुद्ध भएको छ । विधुत
बिहीबार बिहान १० बजेदेखि उक्त स्थानमा रहेको दुई ट्रान्सर्फमरबाट विधुतिय सेवा काटिएको हो । बिद्युत चुहावट रोक्न गएका कर्मचारीमाथि स्थानीय केही व्यक्तिहरुले कर्मचारीमाथि कुटपिट गरेको भन्दै नेपाल विद्युत प्राधिकरणले आरोपीहरुमाथि कारवाही नभएसम्मको लागि सो क्षेत्रको विद्युत अनिश्चितकालका लागि अवरुद्ध गरेको जनाएको छ ।
कुटपिट हुदा नेपाल बिधुत प्राधिकरण जलेश्वर शाखाका कर्मचारी मनोज यादव घाइते भएका छन् । यादवको टाउको, कान र आँखामा चोट लागेको घाइते यादवको जलेश्वरस्थित जिल्ला अस्पतालमा उपचार भैरहेको जलेश्वर वितरण केन्द्रका प्रमुख ई।माघवेन्द्र यादवले बताए ।
कर्मचारीमाथि हातपात भएपछि नेपाल विधुत प्राधिकरणले आरोपीहरुमाथि कारवाही पीडितलाई क्षतिपूर्ति नभएसम्मको सो क्षेत्रको विधुत अनिश्चितकालका लागि अवरुद्ध हुने बताए ।










प्रतिक्रिया दिनुहोस्