भदौ २२, काठमाडौं । मकालु यातायातले आज शुक्रबारबाटअनलाइन टिकेटिङ सेवा सञ्चालनमा ल्याएको छ ।
सेवाबारे जानकारी दिन आज पत्रकार सम्मेलनको आयोजना गरि यात्रुहरुलाई अनलाइनबाटै टिकट बिक्री सेवा शुरु गरेको मकालु यातायात प्रालिका अध्यक्ष तुलसीमान सिंहले बताएका छन ।
सिंहले यात्रुहरुलाई सहज होस् भनेर अनलाइन सेवाबाट टिकट लिने व्यवस्था गरिएको जानकारी दिएका छन ।
टिकट लिनका लागि यात्रुहरुले मकालु यातायातको आधिकारिक वेबसाइट www.mountmakalu.com.npबाट टिकट बुकिङ गर्न सक्नेछन् । साथै मकालु यातायातले प्रत्येक अनलाइन टिकटको खरिदमा ‘१० प्रतिशत क्यास ब्याक’ योजना पनि सार्वजनिक गरेको छ ।










प्रतिक्रिया दिनुहोस्