भदौ २३, काठमाडौं । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ ।
छ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको सो हेलिकप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए ।
हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका ल्हो आनी डाेल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ छन् ।
‘सम्भावित ठाउँमा खोजीका लागि दार्खा र नुवाकोटबाट प्रहरीको टोली खटाइएको छ ।










प्रतिक्रिया दिनुहोस्