भदौ २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गिय संगठन अनेरास्ववियुकी केन्द्रिय अध्यक्ष तथा प्रतिनिधिसभाकी सांसद नविना लामाले आफ्नो जीवनको संघर्ष र राजनीतिक यात्रा खुल्ला किताब जस्तै भएकोले कपोकल्पित समाचारले आफ्नो र पार्टीको चरित्र हत्या गरेको बताएकि छिन् ।
विज्ञप्ति
आदरणीय जनसमुदाय,
आजभोली केही मिडिया नेकपाको सरकार र मेरो ब्यक्तिगत राजनीतिक चरित्र हत्या गर्ने ढंगबाट अगाडि बढेको देख्दा अचम्म लागिरहेको छ। मेरा जीवन संघर्ष र राजनीतिक यात्रा एउटा खुल्ला किताबका पन्ना जस्तै छर्लङ्ग छ । हामी राजनीतिकर्मीहरु समाज निर्माणको महान यात्रामा छौ । यदाकदा बाधा व्यवधान हुनु स्वभाबिकै हो तर सम्माननिय प्रधानमन्त्री ज्यु संगको समेत नाम जोडेर केही संचार माध्यमले कपोकल्पित मनगडन्ते र भ्रामक समाचारहरु सम्प्रेषण भएको प्रति मेरो गम्भीर आपत्ती रहेको छ । म कुनै पनि प्रकारका अपराधमा संलग्न अपराधीहरुको संरक्षण गर्दै नेता हुनु पर्ने कुनै जरुरत छैन ।
म निरन्तर बलिदानीपूर्ण संघर्षको मैदानबाट हुर्कदै आएको राजनीति कर्मी हो । जुन नियतबस मेरो चरीत्र माथी बारम्बार प्रश्न उठ्ने हिसाबले समाचार संप्रेसन भएको देखिरहेको छु । त्यो सबै नितान्त पूर्वाग्रहपूर्ण देखिन्छ । समाचारमा आएको बिषय माथि म केही प्रष्ट पार्न चाहन्छु । सत्य लामा काभ्रेको तिमाल क्षेत्रको नेकपा समर्थक कार्यकर्ता हुन् र मुद्दा लगाउने भाइ पनि नेकपा समर्थक कर्याकर्ता र मेरो आफन्त पनि भएको हुदा एक आपसमा मिलेर आउँदा के हुन्छ ? भनी सम्बन्धित फाटका प्रहरी प्रमुखलाई सोध्दा यो त राम्रो कुरा हो उहाँहरू दुबै मिलेर आउने कुरा सकारात्मक हुन्छ भन्ने जवाफ दिनुभएको हो ।
समाचारमा आएको जस्तो प्रहरी प्रमुखले हप्काएको भन्ने बिषय कपोकल्पित र भ्रामक हो। यस सन्दर्भमा एस पी धिरज सिंहसँग पनि सत्य तथ्य बुझ्न सकिन्छ। कुनै ब्यक्तीलाई छुटाउनु भन्दा पनि सामान्य आपसी भनाभनको घटना भएको र दुबै चिनजानका सम्बन्ध रहेकोले उहाँहरूकै आग्रहमा मध्यस्थतासम्म गरेको हु। जसरी समाचार सम्प्रेषण भएको छ घटना बिल्कुल फरक भएको जानकारी गराउदै यस्ता भ्रामक समाचार सम्प्रेषण प्रती घोर भ्रत्सना सहित खेद प्रकट गर्न चाहान्छु ।
हार्दिक धन्यवाद सहित !!
नबिना लामा अध्यक्ष,अनेरास्ववियु एवम् संघीय संसद सदस्य










प्रतिक्रिया दिनुहोस्