समाचार

करको विरोध पत्रकार तथा व्यापारीले मात्र गरेको भए कसैले आपत्ती मान्नु पर्दैन : पूर्वसचिव पौडेल



भदौ २३, काठमाडौं । नेपाल सरकारका पूर्वसचिव बालानन्द पौडेलले पछिल्लो समय चर्चा र विरोधको रुपमा देखिएको करका बारेमा पत्रकार तथा व्यापारीले मात्र गरेको भए कसैले आपत्ती मान्न नपर्ने बताउनुभएको छ ।

नेपाल सहभागीमूलक कार्य समूह (नेपान)को ‘संघियता कार्यान्वयनका लागि नागरिकको सहभागीता : सवाल, कमजोर पक्ष एवम् चुनौती र सभावना’ विषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै पूर्वसचिव पौडेलले देशमा संघियता स्थापनासँगै संघिय सरकार ‘सहकारिता, सहअस्तित्व र समन्यवय’ वर्तमान अवस्थाको आवश्यकता रहेको बताउनुभएको छ ।

पूर्वसचिव पौडेलले संविधानले निर्देशित सिद्धान्तको आधारमा जनसहभागितामूलक कार्यलाई जोड दिनुभएको छ । संघियतामा जनताको माग, क्षमता, दक्षतालाई आधार बनाई हुने खाने र हुँदा खाने बिचका जनतालाई समान रुपमा अघि वढाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । त्यस्तै पूर्वसचिव पौडेलले आरोप र प्रत्यारोपले देशको विकासमा समस्या निम्त्याउने भन्दै एक आपसमा सरकार, प्रतिपक्ष तथा जनताले एकभई अघि वढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । क्षमता अनुसारको अवसर दिई राष्ट्रले युवाशक्तिलाई देशमा नै प्रयोग गर्ने नीति तथा कार्यक्रमका आधारमा अघि वढ्नुपर्ने औल्याउनुभयो । त्यस्तै पौडेलले भन्नुभयो ‘संघिय सरकारले कर्मचारितन्त्र नवनाई देशलाई जनमुखी तथा प्रभावकारी बनाउनुपर्छ ।’

कार्यक्रममा वोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले कुनै पनि काम गर्ने जनप्रतिनिधिले गरेको काममा जनताले सोच र विचारका साथमा निगरानी गर्नुपर्ने बताउनुभयो । नेपालमा लैङ्गिक असमानताका कारण महिला स्थानीय तहमा पछि परेको भन्दै महिलाको क्षमता तथा दक्षतालाई सवैले आत्मासाथ गर्दै अघि वढ्नुपर्ने बताउनुभयो । महिलालाई संविधानले अधिकार दिएता पनि कार्यान्वयनका पक्षमा भने अझै धेरै समस्याहरु रहेको तीतो यथार्थ रहेको बताउनुभयो । सेवा सुविधा भन्दा पनि जनताको विश्वासनै अहिलेको आवश्यकता रहेको भन्दै उपमेयर मगरले भन्नुभयो ‘संघियता सफल बनाउनु पहिलो कार्य हो, त्यसको लागि कार्यान्वयनमा पनि उत्तीकै चुनौति रहेको छ । नागरिकको सहभाागीता नै संविधान कार्यान्वयनको मुख्य आधार हो ।’

संस्थाका पूर्व अध्यक्ष डा. भोला दाहालले जनताको आकाक्षा, चाहनालाई संविधानले लिपिवद्ध गरिसकेको भएकाले जनताको भाविष्यको खाका तयार भएको बताउनुभयो । नागरिक सार्वभौम होकी जनप्रतिनिधि सार्वभौम हो ? भन्ने जनताको मुख्य चासो भएको बताउनुभयो । प्रत्येक स्थानिय सरकारमा न्यायिक समिति भएकाले जनता सार्वभौम रुपमा हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो ‘सरकार जनताको सेवक नभई जनता सरकारको सेवक भएको छ ।’ संविधान पछि वनेको ऐनले जनताको मैलिक हकलाई केहीमात्रामा कण्ठीत गरेको समेत वताउनुभयो ।

उक्त कार्यक्रममा संस्थाको ‘रणनैतिक कार्ययोजना’, ‘सहभागिता’ र ‘हामीले चाहेको भविष्य’ नामक पुस्तिका विमोचन गरिएको छ । उक्त पुस्तिाकामा संस्थाको भावि योजना, युवा शक्तिको अवसर तथा चुनौतिका वारेमा स्पष्ट उल्लेख गरेको छ । नेपालमा ४० प्रतिशत भन्दा वढी युवा शक्तिको वाहुल्यता रहेको नेपालमा सिप, क्षमता, दक्षतावृद्धिलाई मुख्य प्राथमिकता दिएको छ । नेपाली युवाहरु बैदेशिक रोजगारीमा जाँदा सिप तथा तालिम लिई गरी योग्यता प्राप्त गरी मात्र जानुपर्ने कुरामा जोड दिएको छ ।

कार्यक्रममा संस्थामा उत्कृष्ट लेखन तथा विभिन्न विधामा उत्कृष्टता प्रदान गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष चेतनाथ कणेलको स्व. छोरा प्रसिद्ध कणेलको नाममा उत्कृष्ट लेखन कार्य गर्नुहुने गम्भीरबहादुर हाडालाई रु १० हजार रुपैया नगद सहित प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । कार्यक्रममा छिङ लमु शेर्पा, झवेन्द्र भण्डारी, डा. पूर्ण नेपाली र फटीकबहादुर थापालाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।