भदौ २४, काठमाडौं) । प्रदेश नं. ३ का सांसद माधवप्रसाद पौडेलले ऐन कार्यान्वयनमा आएपछि गैरसरकारी संस्थाहरुलाई अनुगमन, मुल्याङ्कन तथा सरकारको विकासको साझेदारीका रुपमा सँगै हिड्न सहज भएको बताउनुभएको छ ।
शनिबार ललितपुरमा ‘फ्रेन्डस सर्भिस काउन्सिल नेपालको २७ औ वार्षिक उत्सव, २० औ साधारण सभा तथा ८ औ महाधिवेशन एवं बार्षिक सामाजिक लेखा परिक्षण’ कार्यक्रममा वोल्दै सांसद पौडेलले सामाजिक संघ सस्थाहरु धेरै खुल्ने भएपनि कमै संस्थाहरु निरन्तर समाज सेवामा रहन सक्ने अवस्थामा संस्थाले विगत २७ बर्ष अघिदेखि निरन्तर स्थापनाकालदेखि नै समाज सेवामा लागिरहनु धेरै नै अर्थपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका नगरप्रमुख रामेश्वर श्रेष्ठले नगरपालिका सदैव गैससहरुसँग मिलेर काम गर्न तयार रहेको बताउनुभयो । कानुनी रुपमा नगरपालिका भए पनि श्रोतका हिसावले अभाव हुँदा जनतालाई नगरपालिकाले सोचे अनुरुप सेवा दिन नसकेको हुदा संघसंस्थाहरुसँग भएका श्रोतहरुलाई नगर विकासमा लगाउनुको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रमको संस्थाका अध्यक्ष सूर्यबहादुर थापाले युवा अवस्थामा युवा जोश जाँगरलाई प्रयोग गर्दै आफ्नै ज्ञान, शिप प्रयोग गरेर शुरु गरेको अभियान २२ जिल्लामा सामाजिक सेवा पुर्याएको जानकारी दिनुभएको छ । उहाँले अब नयाँ परिवेश नयाँ परिस्थितिमा सामाजिक विकास संघ संस्थाले आफुलाई सक्रिय बनाइराख्न अन्तराष्ट्रिय गैससको मुख ताकेर मात्र नहुने भएकाले आफै भित्रबाट आयआर्जन गरेर श्रोत जुटाउन पर्ने र स्थानीय सरकारसँग बढी भन्दा बढी सहकार्य गर्दै जानु पर्ने बताउनुभयो ।
संस्थाको आठौ महाधिबेशनको आजै सम्पन्न बन्द सत्रबाट फ्रेन्डस सर्भिस काउन्सील नेपालको आगामी ३ बर्षको लागि प्रा.डा.उमा कोइराला अध्यक्षमा सरोज के सी उपाध्यक्ष माधवी प्रधान महासचिव जनार्दन आचार्य सचिव गोपाल प्रसाद घिमिरे कोषाध्यक्ष र सदस्यहरुहरुमा रंजिता रोका तामाङ रमिता पौडेल नारायण प्रसाद आचार्य डा. निर्मला के सी अनिता तिमल्सिना सर्वसम्मत चुनिनुभएको र स्थापना कालदेखिका संस्थाका अध्यक्षका रुपमा रहनुभएका सूर्यबहादुर थापालाइ संस्थाको संरक्षकका रुपमा जिम्मेवारी दिइएको निर्वाचन अधिकृत बिष्णु प्रसाद तिमिल्सिनाले जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्