Banner News

राष्ट्रपति भण्डारीद्वारा थापालाई प्रधान सेनापतिकाे दर्ज्यानी चिन्ह प्रदान



भदौ २४, काठमाडाैं ।   राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापालाई नेपाली सेनाको प्रधान सेनापति पदको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन ।

आइतबार राष्ट्रपति समक्ष नवनियुक्त प्रधान सेनापति पूर्णचन्द्र थापाले सैनिक ऐन, २०६३ को दफा ९ को उपदफा (२) बमोजिम आफ्नो पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन ।

सरकारले साउन २४ गतेदेखि रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो ।  उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आजै नेपालको ४३ औँ प्रधानसेनापतिका रूपमा पद बहाली गरेका छन ।

समारोहमा उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री तथा रक्षा मन्त्री, माननीय गृहमन्त्री, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी , सुरक्षा निकायका प्रमुखलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थित रहेको थियो ।