भदौ २४, काठमाडौँ । कास्कीको बेगनास तालमा शनिबार डुंगा डुब्दा बेपत्ता ६ जनाको शव भेटिएको छ ।
तालमा हराइरहेका ३२ वर्षीय रवि खनाल, ७ वर्षका शंकर खनाल, ८ वर्षका शिव खनाल, ५ वर्षका प्राचीन पौडेल, १८ वर्षकी मनिषा बजगाईं र ४ वर्षीय रन्जित गैरेको शव आइतबार फेला परेकोे हो ।
उद्धार गरिएका चार जनामध्ये उपचारका क्रममा दुई जनाको शनिबारै मृत्यु भएको थियो । दुर्घटनामा परेका सरला खनाल र निशा पौडेल उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्