भदौ २५, काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस ओमप्रकाश मिश्रले आज संसदीय सुनुवाइ समितिको सामना गर्ने भएका छन ।
आइतबार मिश्रविरुद्ध उजुरी दर्ता गर्नेसँग छलफल गरेको सुनुाइ समितिले आज परेका उजुरीबारे मिश्रसँग जवाफ माग्न लागेको हो । संसदीय सुनुवाइ समितिले मिश्रविरुद्ध परेका उजुरीको सुनुवाइका लागि ९ बजे बैठक बोलाएको जनाएको छ ।
मिश्रविरुद्ध सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको मुद्दामा आफ्ना नातेदारको पक्षमा पर्ने गरी फैसला गरेको, फौजदारी अभियोग लागेका ४ जनालाई सफाइ दिएकोलगायत उजुरी परेका छन् । त्यसैगरी एनसेल लाभकर विवाद जारी रहेका बेला लाभांश लैजान दिने आदेश गरेकोलगायत आरोप पनि उनीविरुद्ध लगाइएको छ ।
सुनुवाइपछि समितिले अनुमोदनसम्बन्धी निर्णय गर्नेछ ।










प्रतिक्रिया दिनुहोस्