Banner News

समाजवाद उन्मुख शिक्षाको लागि सरकारी क्याम्पस, विद्यालयलाई सुधार गर्नुपर्छ : उपराष्ट्रपति पुन



भदौ २६, भक्तपुर) । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा समाजवाद उन्मुख शिक्षाको लागि सरकारी क्याम्पस तथा विद्यालयलाई तिव्र गतिमा सुधार गर्नुपर्ने बताउनुभएको छ ।

सोमवार भक्तपुर जिल्लाको सानो ठिमी क्याम्पसको ‘बहुउद्देश्यीय शैक्षिक भवन’को शिलान्यासको क्रममा उपराष्ट्रपति पुनले समान शिक्षाबाट समान समाजको निर्माण हुने बताउनुभएको छ । देशमा आर्थिक तथा पहुँचवालाका सन्तानले गुणस्तरिय शिक्षा पाउने तर ग्रामीण तथा निम्न वर्गिय समुदायका मानिसले गुणस्तरिय शिक्षावाट वञ्चित हुनुपरेकोले अहिलेको अवस्थाले समाजिक असमानता कायम गरेको बताउनुभएको छ ।

कार्यक्रममा वोल्दै उहाँले भन्नुभयो ‘शिक्षा क्षेत्रलाई विकास गर्न आधुनिक तथा भौतिक साधनका पूर्वाधारहरु तयार गर्दै सूचना तथा प्रविधिमैत्री बनाउनुपर्छ ।’ उहाँले शिक्षा नै विकासको मेरुदण्ड भएको बताउँदै शिक्षालाई वैज्ञानिक, सिपमूलक, रोजगारीमूलक तथा जनमुखी बनाउँदै सक्षम, योग्य तथा दक्ष व्यक्तिको निर्माण गरी राष्ट्रको हित प्रति समर्पित हुने जनशक्ति तयार पानुपर्ने बतामान आवश्यकता रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा वोल्दै उपराष्ट्रपति पुनले शैक्षिक गुणस्तरको विकास गर्दै शिक्षा आर्जनको लागि विदेश जाने प्रविधिको अन्त्य गराउनुपर्ने बताउनु भयो । नेपाली युवाहरुलाई शैक्षिक आर्जनको लागि विदेश जना रोक्न सकेमा नेपाललाई ठूलो आर्थिक सफलता हुने बताउनु भयो । उहाँले सानोठिमी क्याम्पसमा निर्माण हुन लागेको उक्त भवन गुणस्तरिय तथा निर्धारित समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वोल्दै त्रिभुवन विश्व विद्यालय शिक्षाशास्त्र संकायका डिन प्राध्यापक डाक्टर कृष्णप्रसाद गौतमले देशको विकास र समृद्धि हासिल गर्न शैक्षिक गुणस्तरमा वृद्धि गर्नुपर्ने बताउनुभयो । त्यस्तै उहाँले सरकारले शैक्षिक क्षेत्रमा बजेटको वृद्धि गर्नुपर्नेमा विशेष जोड दिनुभयो । उहाँले शिक्षालाई प्रविभिमैत्री वनाउँदै प्रादेशिक संरचना अनुसार विश्व विद्यालयहरु खोल्न सरकारलाई आग्रह समेत गर्नुभएको छ ।

कार्यक्रममा वोल्दै प्रदेश नं. ३ का प्रदेश सांसद डा. राजेन्द्रमान श्रेष्ठले देशको आवश्यकतालाई पुरा गर्न शैक्षिक क्षेत्रको भुमिका अतुलनिय हुने बताउनुभएको छ । सांसद श्रेष्ठले प्रादेशिक संरचना अनुसार विश्वविद्यालयहरु संचालन गर्दै उक्त स्थानमा रहेका धार्मिक, सास्कृतिक, पर्यटकिय लगायतका कुराहरुलाई जोड दिदैं प्रविधियुक्त विद्यालयहरु सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । देशमा नै प्रविभियुक्त शिक्षा आर्जन गरी व्यवहारिक रुपमा लागु गर्न पाएमा देशका युवाहरु खाडिको मरुभुमिका भौतारिनु नपर्ने बताउनुभयो ।

कार्यक्रममा वोल्दै स्वतन्त्र विद्यार्थी युनियन सानोठिमी क्याम्पसका सभापति रमेश खड्काले ८० प्रतिशतको हाराहारीको विद्यार्थीको नेतृत्व गरिरहेको त्रिभुवन विश्व विद्यालयले प्रादेशिक संरचना अनुसार क्षेत्र विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै सभाापति खड्काले राजनैतिक भागवण्डाको आधारमा शैक्षिक क्षेत्रमा नियुक्ती गर्ने प्रवृत्तिको तत्काल अन्त्य गर्नुपर्ने बताउनुभएको छ । उहाँले राम्रो हैन हाम्रो राख्ने प्रवृत्तिले शिक्षाको गुणस्तर खस्किएकोले यसलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ ।

कार्यक्रममा वोल्दै क्याम्पस प्रमुख रामचन्द्र घिमिरेले शैक्षिक गुणस्तको लागि क्याम्पसले प्रविधिमैत्री रुपमा कक्षा संचालन गर्दै अघि वढिरहेको बताउनुभएको छ । क्याम्पस प्रमुख घिमिरेले निर्माण गर्न लागिएको उक्त भवन निर्धारित आगामि आर्थिक वर्षमा सम्पन्न गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । प्रमुख घिमिरेले पाँच करोडमा निर्माण हुन लागिरहेको उक्त भवनको टेण्डर समेत भईसकेको जानकारी गराउनदै निर्धारित समयमा निर्माण सम्पन्न हुनेमा सवैलाई ढुक्क हुन आग्रह समेत गर्नुभएको छ ।