भदौ २६, विराटनगर । नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपालका कम्युनिष्टहरुले काम गर्ने नभई कुरा मात्र गर्ने गरेको र त्यो कुरा जनताले समेत स्पष्ट वुझिसकेको बताउनुभएको छ ।
विपी स्मृति दिवसका अवसरमा मोरङमा सोमबार १ नम्बर प्रदेशका जिल्लाका नेपाली काँग्रेसका कोषाध्यक्षहरुको सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘कम्युनिष्ट पार्टीले आफ्नो चुनावी घोषणापत्रमा राखेका कुनै पनि कुरा नगरेकाले पार्टीका नेताहरुले नै आफूलाई कम्युनिष्ट भन्न लाज लाग्नु पर्ने ।’
सहमहामन्त्री डा. महतले भन्नुभयो ‘देशमा शान्ति सुरक्षाको कुनै प्रत्याभूति छैन, हत्या हिंसाका शृंखला झन् बढ्दो रुपमा देखिन्छन्, महंगीले जनता सबैभन्दा बढी आक्रान्त छन्, सरकारले बजार अनुगमनको नाटक गर्छ तर पनि कालाबजारियालाई कारबाही गरेर जनताको पक्षमा निर्णय गरेको कहिल्यै सुनिँदैन ।
सरकारले विधिको शासन र न्याय देशमा कायम राख्न नसकेको सबैका आँखा अगाडि नै छर्लङ्गै रहेकोले यो सरकार असफल भएको निष्कर्ष काँग्रेसको रहेको उहाँको भनाई थियो ।










प्रतिक्रिया दिनुहोस्