समाचार

आर्थिक विकास एवं सामाजिक रुपान्तरण, चाडपर्व मनाउँदा मितव्ययिता : राष्ट्रपति भण्डारी



भदौ २७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका (तीज)का अवसरमा नेपाली महिलाहरुको महान पर्व हरितालीका तिजको अवसरमा शुभकामना व्यक्त गर्दै आर्थिक विकास एवं सामाजिक रुपमान्तरणको निम्ती चाडपर्वहर मनाउँदा मितव्ययिता अपनाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले सन्देशमा नेपाली नारीको महान् पर्व हरितालिका तीजको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीमा पारिवारिक सुख, शान्ति, समृद्धि एवं सामाजिक एकता र सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाली नारीले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि व्रत बसेर भगवान् शिव–पार्वतीको पूजाआराधना गर्ने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजले सबैलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, समन्वय, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पुर्‍याइरहेको बताउनुभएको छ ।

चाडपर्वहरु मनाउँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक भएको उल्लेख गर्दै उहाँले शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजाति, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मौलिक मूल्य र मान्यतासहित संस्कृति, कला, भेषभूषा, गीतसंगीतलाई संरक्षण तथा संवद्र्धन गरिरहेका हुन्छन् ।’