भदौ २७, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले अगामी वडा दशै, तिहार तथा छठपर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलमार्फत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिएको छ ।
कर्पोरेशनको ५६ आँै वार्षिकोत्सका अवसरमा आज आयोजित कार्यक्रममा बन्द अवस्थाको सो उद्योगलाई नियमित गरी कर्पोरेशनले छिट्टै नेपाल वनस्पति घ्यू उद्योगबाट तोरीको तेल उत्पादन गर्ने भएको छ । विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेडमा कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको कर्पोरेशनले जनाएको छ ।
पछिल्लो समय कर्पोरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९१ प्रतिशत माथि पुगेको जनाएको छ । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दामाथि बनाउने लक्ष्य निर्धारण गरेको छ ।










प्रतिक्रिया दिनुहोस्