भदौ २८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामि दिनमा भारत र चीन दुवैदेशसँग मिलेर नेपालको आफ्नो आर्थिक विकासको लक्ष्य पुरा गर्ने बताउनुभएको छ ।
बेल्ट एण्ड रोड इनिसियटिभले राजधानीमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल भूपरिवेष्टित राष्ट्रका रुपमा मात्रै नरहेको बताउनुभएको छ । चीनका सातवटा बन्दरगाहमार्फत नेपालले तेस्रो मुलुकसम्म वस्तु आयातरनिर्यात गर्न पाउने गरी सहमति भइसकेको उल्लेख गर्दै नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रका लागि चीनसँगको सहमति ठूलो अवसर भएको बताउनुभएको छ ।
नेपालले सामान आयात निर्यात गर्दा चीनका रेल, बन्दरगाह, वा अन्य यातायातका मार्ग प्रयोग गर्न सक्ने सहमतिले नेपालको आर्थिक विकासमा ठूलो टेवा पुग्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालमा लागानीका लागिसमेत प्रोत्साहन गर्ने बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्