समाचार

अनाधिकृतरुपमा पेट्रोल तथा डिजल बिक्री–वितरण : तीन पेट्रोल पम्पमा सिलबन्दी



भदौ २८, भैरहवा । अनाधिकृतरुपमा पेट्रोल तथा डिजल बिक्री–वितरण गरेको भन्दै हुलाकी राजमार्गका तीनवटा पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ ।

संयुक्त बजार अनुगमन टोली रुपन्देहीले आज छड्के अनुगमनका क्रममा रोहिणी गाउँपालिकामा पर्ने जय माँ दुर्गे आयल स्टोर्स धकधई, ओमसतिया गाउँपालिका पर्ने सुरज आयल डिस्ट्रिब्युटर्स र न्यू एभरेस्ट आयल सप्लायर्समा सिलबन्दी गरेको हो ।

सीमा क्षेत्रमा पर्ने यी पेट्रोल पम्पले नेपाल आयल निगमले दिएको निर्देशन अवज्ञा गर्दै भारतीय नम्बर प्लेटका मालवाहक ट्रक, बस र कारलाई अनाधिकृतरुपमा पेट्रोल तथा डिजल बिक्री–वितरण गरेको थिए ।

अनुगमनका क्रममा सिलबन्दी गरिएका पेट्रोल पम्पलाई कानुनअनुसार कार्वाही गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ ।