मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरबारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीका स्वकीय सचिवले कुटाइ खाएका छन् ।
लामो समयसम्म कुर्दा पनि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई भेट्न समय नमिलाइदिएको भन्दै मन्त्रीका स्वकीय सचिव सन्तोष विष्टलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले नै कुटपिट गरेको समाचार छ ।
लामो समय कुर्दा पनि मन्त्रीलाई भेट्ने पालो नआएपछि स्वकीय सचिव विष्टलाई दबाब गरियो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
स्वकीय सचिव विष्टले मन्त्रीज्यू व्यस्त रहेको भन्दै ती कार्यकर्तालाई अलमल्याउन खोजेकाले आक्रोशमा उनीहरूले कुटेको भनाइ छ ।
यसमा दोषी को हो, स्वकीय सचिव वा कुट्ने व्यक्तिहरू ? मन्त्रालयको कुरा मात्रै होइन, अन्य कार्यालयमा पनि यस्ता घटना हुने गरेका छन् । यस्ता घटनाका दोषीमाथि कारबाही हुन सकेन भने फेरि अरुहरूले पनि कुटाइ नखालान् भन्न सकिन्न ।










प्रतिक्रिया दिनुहोस्