भदौ २९, विरगञ्ज । विरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले पार्टीबाट अनावश्यक दवाप दिएको भन्दै संघीय समाजवादी फोरमबाट राजीनामा दिनुभएको जानकारी गराउनुभएको छ ।
मेयर सरावगीले आफ्नो सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत पार्टी नेतृत्वलाई राजीनामा दिएको जानकारी गराउनुभएको छ । अब नेतृत्वलाई भेटेर पनि पार्टीबाट राजीनामा दिएको पत्र बुझाउने उनको तयारी छ ।
बुधबार बसेको वीरगञ्ज नगर कमिटीको बैठकले ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । नगर समितिले ध्यानाकर्षणपत्र बुझाउन खोज्दा सरावगीले समय नभएको भन्दै बुझ्न नमानेपछि आन्तरिक विवाद चुलिएको छ ।
स्रोतका अनुसार कर्मचारी नियुक्ति, विकास निर्माणका काममा पार्टीको सहभागीता लगायतका विषयमा जिल्ला नेतृत्वले भनेको मेयरले नमानेको नेताहरुले बताउने गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्