समाचार

भक्तपुरमा बालिका बलात्कारका दुई घटना सार्वजनिक



भदौ २९,  भक्तपुर । भक्तपुरमा एकैदिन दुई बालिकाको बलात्कार र बलात्कार प्रयासका दुई घटनाका आरोपीलाई प्रहरीले पक्राउ गरी  सार्वजनिक गरेको छ ।

१६ वर्षीया बालिकालाई कोठामै गएर बलात्कार गरेको अभियोगमा प्रहरीले चाँगुनारायण नगरपालिका ३ बागेश्वरी घर भई हाल सूर्यविनायक –२, बालकोट रागिनीहाइट बस्ने १९ वर्षीय रञ्जित परियारलाई प्रहरीले पक्राऊ गरेको छ ।

 बालिकाका परिवारले गएको २७ गते बलात्कार गरेको किटानी लजाहेरी दिएपछि   महानगगरीय प्रहरी वृत्त ठिमीले परियारलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको  जनाएको छ ।

 १० वर्षीया बालिकालाई जबरजस्ती यौन सम्पर्क गर्न खोजेको अभियोगमा सप्तरी बेलिपेचना गाउँपालिका –२, घर भई हाल चाँगुनारायण  नगरपालिका –२, दुवाकोट तल्लो हाइट बस्ने ६३ वर्षीय सुरेशकुमार पोखेरललाई प्रहरीले पक्राउ गरेको छ ।

पोखरेलले भदौ २७ गते आफ्नै स्टेसनरी पसलमा आएकी बालिकालाई पसलभित्र लगेर जबरजस्ती यौन सम्पर्क गर्न खोजेको भन्दै किटानी जाहेरी परेपछि पोखरेललाई पक्राउ गरी महानगगरीय प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।