समाचार

स्व.जयगोविन्द साहको जीवनका पुस्तक सार्वजनिक



भदौ ३०, काठमाडौं । नेपाली कम्युनिष्ट आन्दोलनका अग्रज सिराहाका स्व. जयगोविन्द साहको संघर्षशील जीवनका पुस्तक सावर्जनिक भएको छ  ।

काठमाडौंमा एक कार्यक्रम गरि १०१ वर्षीय किसान नेता जनक यादवद्वारा ‘जयगोविन्द साह : एक संघर्षशील व्यक्तित्व’ नामक पुस्तक विमोचन गरिएको  हो  ।

उक्त पुस्तक विमोचन कार्यक्रममा वामपन्थी नेता विष्णुवहादुर मानन्धर, अमिक शेरचन, लीलामणि पोखरेल, कमल कोइराला, श्याम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।