भदौ ३०, काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्र र निर्माण व्यवसायीबीचको अन्तरविरोध समाधानको पहल गर्ने आश्वासन दिएका छन ।
शनिबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी संगठन एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पार्टीको तर्फबाट र सरकारका तर्फबाट पनि कर्मचारी तन्त्रका समस्या, ऐन कानुनका समस्या समाधान गर्नका लागि सकारात्मक ढंगले पहल हुनेछ ।’
ऐन कानुनमा गर्नुपर्ने सुधार, कर्मचारीतन्त्र, निर्माण व्यवसायीहरुबीचका अन्तरविरोध तथा दुवैमा पारदर्शिता, स्वच्छता र सुशासन कायम गर्ने कुरा यति बेलाको मुख्य चुनौति बनेको भदै उनले भने ‘यस क्षेत्रमा विगतको विरासतका रुपमा रहेका थुप्रै समस्याहरु छन् र यो समस्या समाधान गर्न हामीले मिलेर काम गर्नुको कुनै विकल्प छैन ।’
देशभित्रका निर्माण व्यवसायीलाई सुरक्षित रुपमा काम गर्ने वातावरण सिर्जना नगरेसम्म विदेशी लगानी पनि भित्राउन नसकिने बताउँदै प्रचण्डले सबैभन्दा पहिले सुरक्षामै ध्यान दिइने बताए ।
सबैभन्दा पहिला देशभित्रकै हाम्रै व्यवसायीलाई सुरक्षित गर्ने र केही ठूला ठेकेदार कम्पनीहरुको मोनोपोली -एकाधिकार) लाई तोडेर सबैले समानरुपमा काम गर्ने अवसर प्राप्त गर्ने’ वातावरण सिर्जना गर्ने आश्वासन दिएका छन ।










प्रतिक्रिया दिनुहोस्