असोज १, काठमाडौँ । युवतीलाई विवाह गर्छु भनेर भारततर्फ लैजादै गरेको दुईजना युवा पक्राउ परेका छन् ।
पाँचथरको फिदिम नगरपालिका ५ की १९ वर्षीय युवतीसँगै दुई युवालाई इलामको पशुपतिनगर नाकाबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारत दार्जिलिङ्ग जिल्लाको सुकिया बस्ने दलवीर मुखिया र दार्जिलिङ्गकै राङ्गबाङ्ग बस्ने आयुष विक रहेका छन् ।
पक्राउ परेका ४२ वर्षका मुखिया र २२ वर्षका विकलाई जिल्ला अदालतमा बुझाइएको छ । उनीहरुलाई मानव बेचविखनसम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्