आसोज १, काठमाडाैं । नेपाल एलपी ग्याँस उद्योग संघले ग्यासको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मुख्य चाडपर्वको मुखैमा नेपाल एलपी ग्याँस उद्योग संघले कुनै पनि बेला ग्याँसको आपूर्ति ठप्प हुन सक्ने चेतावनी दिएको हो ।
भारतीय ढुवानीकर्ताले माग गरेबमोजिमको ढुवानी खर्च दिने अवस्था नरहेकाले कुनै पनि बेला ग्याँसको आपूर्ति बन्द हुन सक्ने अवस्था आएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिएका छन । सबै बस्तुमा मूल्य वृद्धि भएपछि ग्याँसको ढुवानीको खर्च बढ्ने भन्दै आफूहरुले राखेको माग सरकारले बेवास्ता गर्दै आएको आरोप समेत लगाएका थिए ।
अध्यक्ष भण्डारीले भारतीय ढुवानीकर्ताको त्यो पत्र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई बुझाए पनि समस्या समाधानका लागि कुनै पहल नभएको भन्दै असन्तुष्टि पनि व्यक्त गरेका छन ।










प्रतिक्रिया दिनुहोस्