राजनीति

संविधान संशोधन नभएसम्म राजपाले संविधान दिवस मनाउदैन : नेता महतो



असोज २, नेपालगञ्ज । राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन भई आफूहरुका माग पूरा नभएसम्म संविधानमा संविधान दिवश नमनाउने बताउनुभएको छ ।

सोमबार नेपालगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा महतोले भन्नुभयो, ‘हाम्रा माग पूरा हुने गरी संविधान संशोधन भएमा मात्रै संविधान दिवस मान्ने छौं ।’

नेता महतोले अहिलेको सरकार नश्लवादी भएको समेत दावी गरे । उनले सरकार गठन भएको ६ महिना वितिसक्दा पनि आफ्नो मागहरु सुनुवाई गर्ने प्रकृयामा अघि नवढेको बताउँदै तत्कालै सरकारका बारेमा पार्टीले निर्णय गर्ने बताउनुभयो ।

उहाँले कैलाली घटनालगायत तराई मधेसका जिल्लामा प्रतिसोध साँधेर पक्राउ गरिएका नेता कार्यकर्ताको तत्काल रिहाईको माग समेत गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष मण्डलका अर्का सदस्य अनिल झाले संविधानमा भएको सीमाङ्कन आफूहरुलाई मान्य नभएको बताउनुभयो । उहाँले सांसद रेशम चौधरीलाई अपराध पुष्टि नभएसम्म सपथ ग्रहण गरी संसदमा भाग लिने अवस्था राज्यले बनाउनुपर्नेमा जोड दिनुभयो ।