राजनीति

उपराष्ट्रपति पुन ६ दिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दै



असोज ३, काठमाडौं ।  उपराष्ट्रपति नन्दबहादुर पुन ६ दिने भ्रमणका लागि आज चीन जाने भएका छन  ।

बिहान १० बजे एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु जाने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।

सिचुवान प्रान्तको राजधानी छेन्दुमा भोलीदेखि हुने ‘१७औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपराष्ट्रपति चीन जान लागेका हुन् ।

उपराष्ट्रपति पुनले   सिचुवानको विकासे परियोजनालगायत विभिन्न क्षेत्रको अवलोकन भ्रमणसमेत गर्नेछन  ।  चीनको भ्रमण सकेर उनि ८ गते स्वदेश फर्किने भएका छन  ।