रोचक

सहरको मेयर बन्यो कुकुर



असोज ३, एजेन्सी । अमेरिका क्यालिफोर्नियाको इडिलविल्ड सहरका बासिन्दाले गोल्डेन रिट्रिभर जातको कुकुरलाई मेयरको कुर्सी सुम्पिएका छन् ।

 नवनिर्वाचित उक्त मेयर कुकुरको नाम मेक्सिमस म्यूलर हो । मेयरको काँधमा धेरै जिम्मेवारी सुम्पिएको छ । मेयरलाई सघाउनका लागि थप दुईवटा कुकुरलाई उप मेयरमा नियुक्त गरिएको छ ।

दुबै उपमेयर कुकुर पनि गोल्डेन रिट्रिभर जातकै हुन् । उनीहरुको नाम माइकी र मित्जी हो । उनीहरु दिदीभाई हुन् । मेयर चाहीँ उनीहरुको भतिज । मेयर म्यूलरलाई कामकाजमा सजिलो होस् भनेर एउटा गाडीको सुविधा पनि दिइएको छ ।

 एनिमल रेस्क्यू फ्रेण्ड नामक संस्थाले निर्वाचन गराएर मेयर र उपमेयरहरुको छनोट गरेको हो । यद्यपि, यी मेयर तथा उपमेयरले कानूनी मान्यता भने पाएका छैनन् ।