समाचार

आगलागी हुँदा २५ लाख बढीको क्षति



काठमाडौँ, २२ वैशाख । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का जयदेव ठगुन्नाको घरमा आगलागी हुँदा २५ लाख रुपैयाँ बढीको क्षति भएको छ ।

हिजो अपराह्न विद्युत् सर्ट भएर आगलागी हुँदा ठगुन्नाको घरगोठ नष्ट भएको हो । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक वीरबहादुर बुढाऐरका अनुसार आगलागी हुँदा तीन वटा बाखा मरेका छन् ।

घरसँगै गरगहना, अन्न, लुगाकपडा, महत्वपूर्ण कागजपत्र र पाँच लाख रुपैयाँ नगद जलेको प्रहरी निरीक्षक बुढाऐरले जानकारी दिए । स्थानीय बासिन्दा र प्रहरीले आगलागीको नियन्त्रणमा लिएका थिए । आगलागी पीडित परिवारलाई नेपाल रेडक्रस उपशाखा झलारीले त्रिपाल, भाँडाकुडा, कपडालगायत सामग्री प्रदान गरेको छ ।