असोज ४, काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले राजनीतिक रुपमा प्रतिपर्धा भएता पनि विकास निर्माणका काममा भने देशका सवै राजनैतिक दल तथा जनताहरु एकतावद्ध भएर अघि वढ्नुपर्ने बताउनुभएको छ ।
संविधान दिवसको अवसरमा बुढानिलकण्ढ नगरपालिकाको ‘जगडोल प्रवेशद्वार’ उद्घाटन तथा नुमुना पर्यटकिय ग्रामको घोषणा कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले यो पार्टीले यसो गर्यो उ पार्टीले त्यसो गर्यो भनि जनप्रतिनिधिमाथि धावा वोल्नु नहुने तर्क राख्नुभयो ।
मन्त्री पोखरेलले विकास निर्माणको क्रममा विरोधी भावना नराखी सरकार पक्ष तथा प्रतिपक्षी दलका जनप्रतिनिधिलाई एक आपसमा मिलेर गर्न आग्रह गर्नुभयो । विकास कुनै पार्टी विशेष नहुनेभन्दै मन्त्री पोखरेलले अवका दिनमा प्रतिपर्धा भनेको विकास, जनताको सेवा, रोजगारी सिर्जना लगायतका कुराहरुमा मात्र हुने बताउनुभयो ।
राम्रो कुराको घोषणा गर्न लामो समय नलाग्ने तर त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भननुभयो ‘राम्रो कुराको आवरणमा गलत कामहरु हुनुहुँदैन, कहिँ कतै चुक्नु हुँदैन ।’ विगतमा भएका गल्ती कमजोरीलाई सच्याउँदै वर्तमान सरकार अघि वढिरहेको बताउँदै मन्त्री पोखरेलले संविधानलाई कार्यान्वयन गर्नु नै वर्तमान सरकारको मुख्य कार्यभार भएको बताउनुभएको छ ।
संविधानमा केही कमजोरि भएमा छलफलका माध्यमबाट संशोधन गर्न सकिने र सरकार त्यसको लागि जहिलेपनि तयार रहेको बताउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्