असोज ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस नवीनकुमार घिमिरेको संसदीय सुनुवाई आज हुने भएको छ ।
दिउँसो १ बजे बस्ने संसदीय सुनुवाई विशेष समितिको बैठकले घिमिरेको सुनुवाई गर्ने बताइएको छ ।संवैधानिक परिषदले २० गते घिमिरेलाई अख्तियारको प्रमुख आयुक्तका लागि सिफारिस गरेको थियो ।
२०७१ सालमा आयुक्त नियुक्त भएका घिमिरेले २०७४ साल माघ २९ गतेदेखि अख्तियारको कार्यबहाक प्रमुख आयुक्तको जिम्मेवारी सम्हाल्दै आउनु भएको छ ।










प्रतिक्रिया दिनुहोस्